काठमाडौंबाट बुटबल जाँदै गरेको यात्रुबाहक बस आज बेलुका धादिङमा दुर्घटनामा परेको छ ।
काठमाडौंबाट बुटबल जाँदै गरेको लु १ ख ८५४८ नं.को बस र बिपरित दिशाबाट आउदै गरेको बा ३ ख ९९३५ नं.को बालुवा लोड गरेको टिपरसँग ठक्कर खाँदा दुर्घटनामा परेको हो ।
सोमबार (आज) बेलुका ८:३० बजे धादिङको थाक्रे गाउपालिका-१ बाह्रकिल्लामा भएको दुर्घटनामा सात जना घाइते भएको धादिङ प्रहरी प्रवक्ता डिएसपी श्याम बहादुर खत्रीले केटिएम दैनिकलाई बताए ।
खत्रिका अनुसार बसमा सवार सात जना यात्रु घाइते भएका हुन् । तीमध्ये तीन घाइतेलाई काठमाडौं ल्याइँदै छ भने अन्य घाइतेको अम्बेभरोसा अस्पताल गल्छिमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा प्रहरी चौकी महादेवबेसिबाट आठ जनाको टोली खटिएको छ भने दुर्घटनामा संलग्न दुबै सवारीसाधन र चालक प्रहरीको नियन्त्रणमा रहेको डिएसपी खत्रीले बताए ।
ट्रमा सेन्टर काठमाडौं ल्याउँदै गरेका घाइतेहरू
१.सिन्धुपाल्चोक ईन्द्रवति गाउपालिका-८ बस्ने बर्ष ५५ को काले तामाङको शरिरको बिभिन्न भागमा चोट -(अबस्था मध्यम)।
२.सोही स्थानको बर्ष ४० को सोम ब.तामाङ अनुहारमा चोट (अबस्था मध्यम)।
३.धादिङ गजुरी गाउपालिका-१ बस्ने बर्ष ५० को सुनिल श्रेष्ठको अनुहारमा चोट-(अबस्था मध्यम)।
अम्बेभरोसा अस्पताल गल्छि उपचार भईरहेको घाईतेहरुः-
४. रुपन्देही तिलोतमा नगरपालिका- ११ बस्ने बर्ष २९ को सुमन सुनार अनुहारमा चोट -(अबस्था सामान्य)।
५. नवलपरासि गौडाकोट न.पा.५ बस्ने बर्ष ३५ को टेक बहादुर बि.क अनुहारमा चोट -(अबस्था सामान्य)।
६. कैलाली धनगढी न.पा.४ बस्ने बर्ष २९ को गणेश सुनार अनुहारमा चोट-(अबस्था सामान्य)।
७. भारत गोरखपुर बस्ने बर्ष ३६ को मेराताङजा अनुहारमा चोट -(अबस्था सामान्य)।