माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार हुँदै गएको छ । जन्डिस बिग्रेर फेरि अस्वस्थ भएपछि पुनको अहिले चीनमा उपचार भइरहेको छ ।
पारिवारिक स्रोतले पुनको स्वास्थ्यमा उल्लेख्य सुधार हुँदै गएको जनाएको छ ।
पूर्वअर्थ र ऊर्जामन्त्रीसमेत नेता पुनलाई पुरानै रोग वंशाणुतग रूपमा रहेको जण्डिसले फेरि सताएपछि नेता पुन यस अघि उपचार गरिएकाे चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल गएका हुन् । यस अघि २०७८ मंसिरमा पनि उनको सोही अस्पतालमा एक महिना उपचार गर्दा रोग निको भएको थियो ।
चुनाव सकिएलगत्तै उनमा फेरि स्वास्थ्यमा समस्या देखिएपछि उनी चीन गएका हुन् । अहिले पनि उनकाे साेही अस्पतालमा उपचार भइरहेकाे छ । वंशाणुतग रूपमा रहेको जण्डिस दोहोरिएपछि नेता पुन गत वर्ष असोज १३ गते बैंककतर्फ लागेका थिए। बैंककमा उपचार सफल नभएपछि चीनको सेनजेन लगिएको थियो ।