रुपन्देहीमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।
शुद्धोदन गाउँपालिका ५ रजाडमा मंगलबार राति भएको दुर्घटनामा महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा पैदलयात्री स्थानीय पुजनी थारु रहेकी छिन् ।
उनको उपचारको क्रममा युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पताल भैरहवामा राति ११ बजे मृत्य भएको प्रहरीले बताएको छ ।
मोटरसाइकल चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय छपियाले जनाएको छ ।