झापामा ब्राउन सुगरसहित एक महिला पक्राउ परेकी छन् । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार मंगलबार बिहान ५:०० बजे दमक नगरपालका-९ बाट ४५ वर्षीया तुलमाया तामाङ ब्राउन सुगरजस्तै देखिने लिसाइलो पदार्थसहित पक्राउ परेकी हुन् ।
चेकजाँचमा खटिएको प्रहरीले शंकाले लागेर चेकजाँच गर्दा उनको साथबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ ५ ग्राम फेला परेकोले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखी थप अनुसन्धान कार्य भइरहेको झापा प्रहरी प्रवक्ता डिएसपी बसन्त पाठकले केटिएम दैनिकलाई बताए ।