दार्चुला जिल्लामा घाँस काट्न गएकी महिलाको भीरबाट लडेर निधन भएको छ । जिल्लाको महाकाली नगरपालिका-३ काटै बस्ने ३६ वर्षीया जानकी नगालको निधन भएको हो ।
सोही ठाउँस्थित जंगलमा खर काट्ने क्रममा भिरबाट करिब ३ सय मिटर तल लडेर मंगलबार उनको घटनास्थलमै निधन भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।