गीतकार एवं साहित्यकार मुकुन्दराज शर्माको निबन्धहरूको गद्य सङ्कलन ‘शब्द शिविर’ निबन्ध सार्वजनिक भएको छ ।
३१ वर्षअघि देखिएको निबन्धबाट प्रेरित भएर तयार गरेको २५ वटा निबन्धहरूको सङ्ग्रह शब्द शिविर सार्वजनिक भएको हो ।
लिट्टल एन्जलसका प्रिन्सिपल समेत रहेका शर्माको पुस्तक सोमबार विमोचन भएको हो ।
निबन्ध सङ्ग्रहको विद्यालयका संस्थापक एवं राज्यमन्त्री उमेश श्रेष्ठले विमोचन गरेका हुन् ।
कार्यक्रममा उनले भने, ‘गीतकार को रूपमा चिनेको शर्माले निबन्ध सङ्ग्रह प्रकाशन गर्दा मलाईं अत्यन्तै खुसी लागेको छ । ३४ वर्षदेखि निरन्तर विद्यालयको बागडोर सम्हाल्नुभएका प्रिन्सिपल शर्माको योगदानलाई कसैले बिर्सन हुँदैन । उहाँले अहिलेको अवस्थामा शिक्षामा आमूल परिवर्तनको आवश्यकता रहेको छ ।’
निबन्धकार शर्माले एक शताब्दी पुरा गरेका बुवा निमानन्द शर्मा र ९५ वर्षीय आमा शोभादेवीको कोख र काखको मेरो जीवनमा प्रेरणा मिलेको र त्यसैको परिणामको कारण निबन्ध सङ्ग्रह तयार भएको जानकारी दिए ।