सिन्धुलीको मरिण गाउँपालिका ६ का वडाअध्यक्ष कुर्साङ लामाको मृत्यु भएको छ। लामाको हृदयघातका कारण ४३ वर्षको उमेरमा सोमाबार दिउँसो मृत्यु भएको हो।
वडा कार्यालयमा कार्यसम्पादनकै क्रममा लामालाई हृदयघात भएको थियो।
बसिरहेको कुर्सीबाट बेहोस भएर लडेका लामाको कार्यकक्षमै मृत्यु भएको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बतए।