सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका–५ मा बार्तली भाचिँदा ७ जना घाइते भएका छन ।
आज बिहिबार बिहान करिब ९ बजेकोे समयमा लालिगुराँस सहकारी संस्थाको भवनको बार्तली भाँचिदा ७ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कबित कटवालले जानकारी दिए ।
घाइते हुनेहरुमा सोताङ गाउँपालिका –५ की ३५ वर्षीया हरिमाया बस्नेत, वडा नम्बर ३ की ३५ वर्षीया सबिना कुुलुङ र ३० वर्षीया पार्वती बस्नेत, वडा नम्बर ३ की ४५ वर्षीया राधा बस्नेत, वडा नम्बर ५ की ३५ वर्षीया मनकुमारी कार्की, ५५ वर्षीया सीता बस्नेत र वडा नम्बर ३ की ५५ वर्षीया निरु गौतम रहेका छन् ।
घाइते मध्ये सोताङ गाउँपालिका –५ की ३५ वर्षीया हरिमाया बस्नेत, वडा नम्बर ३ की ३५ वर्षीया सबिना कुुलुङ र ३० वर्षीया पार्वती बस्नेतलाई थप उपचारका लागी हेलीकोप्टर मार्फत काठमाण्डौ पठाइएको सोलुुखुम्बु प्रहरीले जनाएको छ ।
अन्यको प्राथामिक अस्पताल सोताङमा उपचार भइरहेको (डिएसपी) कट्वालले जानकारी दिए । सहकारीको मासिक बैठकमा सहभागी हुने क्रममा बार्तली भाचिएको प्रहरीले जनाएको छ ।