कैलालीमा एक पुरुष होटेलमा मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका-४ राजीपुरमा रहेको गहतेगडा होटेलमा एक पुरुष मृत अवस्थामा फेला परेका हुन्।
केही समयदेखि होटलमा बस्दै आएका उनी शनिबार मृत अवस्थामा फेला परेका थिए। कोठाभित्र खाटमा घोप्टो परेको अवस्थामा उनलाई फेला पारिएको थियो।
गौरीगंगा नगरपालिकाको राजीपुरमाअवस्थित एक होटलमा कैलालीकै घोडाघोडी नगरपालिका १ का ३५ वर्षीय साधन डान मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
उनको मृत्यु कारण नखुलेको र घटनाको अनुसन्धान सुरु गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए। के कारणले उनको मृत्यु भएको हो भन्नेबारे खुलेको छैन। घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले बताए।