लोक सेवा आयोगले माघ मसान्तसम्म लिखित परीक्षाहरु स्थगित गरेको छ ।
कोरोना संक्रमण तीब्र रुपमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै आयोगको विहीबार बैठकले लिखित परीक्षाहरु माघ ११ देखि माघ मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
यही माघ ११ गतेदेखि उप–सचिवको परीक्षा तय भएको थियो, भने संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए ।
तर, उक्त परीक्षाहरु हाललाई स्थगित गरिएका छन् ।
आयोगका उपसचिव एकनारायण शर्माले आज एक सूचना जारी गर्दै फाल्गुन १ गतेदेखि सञ्चालन हुने लिखित परीक्षाको बारेमा कम्तिमा ७ दिन अगाडि नै पूर्व सूचना दिने बताएका छन् ।