नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले मतदान गरेका छन् । मत हाल्न उनलाई पौने घन्टा लागेको थियो ।
मतपत्रमा चिह्न लगाउन आफूलाई ५० मिनेट लागेको निधिले जानकारी दिए ।
पदाधिकारी र सदस्यहरूको सबै नाम थाहा थियो, उत्साहित छु,’ उनले भने । उनी सभापतिका प्रत्यासी हुन् । उनले सभापतिमा आफैंले जित्नेसमेत दाबी गरे ।
यसअगाडि सभापतिका प्रत्यासी तथा प्रधानमन्त्री शेर बहादुर देउवाले मतदान गरेका थिए । उनले २२ मिनेटमा मत हालिसकेका थिए ।