नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मतदानमा पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ ।
मतदानको तस्विर लिन मतदानस्थल पुगेका फोटो पत्रकारहरुलाई प्रहरीले प्रवेश दिएको छैन । रिपोर्टिङका लागि पुगेका फोटो पत्रकारहरुले प्रवेश नपाएपछि ‘क्यामेरा डाउन’ गरेका छन् । पत्रकारहरूमाथि प्रहरी दुव्र्यवहार गरेपछि क्यामेरा डाउन गरेको त्यहाँ रहेका फोटो पत्रकार सरोज बस्नेतले बताए ।
स्थलगत रिपोर्टिङमा अवरोध भएपछि उनीहरुले सडकमै सञ्चारसामाग्री राखेर धर्ना दिएका हुन् ।
बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु हुने कार्यतालिका भएपनि मतपत्र आउन ढिलाइ भएपछि मतदान ढिलो गरी सुरु भएको छ। मतदान स्थलमा देउवा आएलगत्तै फोटो खिच्न नदिइएपछि पत्रकारहरुले क्यामेरा डाउन गरेका हुन्।