कांग्रेस सभापति शेरबहादुर देउवा चौधौँ महाधिवेशनको मतदानस्थलमा आइपुगेका छन्। सभापतिका अन्य दाबेदारभन्दा ढिलो गरी प्रधानमन्त्रीसमेत रहेका देउवा मतदान केन्द्रमा छिरेका हुन्।
यसअघि नै सभापतिका दाबेदारहरु शेखर कोइराला, प्रकाशमान सिंह, कल्याण गुरुङ र विमलेन्द्र निधि मतदान केन्द्र क्षेत्रमा आएर भोट मागिरहेका छन्।
भृकुटीमण्डपस्थलतस्थित मतदानस्थलमा सभापतिसहितका उम्मेदवारहरु अहिले भोट माग्न ब्यस्त छन्।
सभापतिका अन्य दुई उम्मेदवार शेखर काेइराला र प्रकाशमान सिंह भने यसअघि नै मतदानस्थल पुगेर आफूलाई भोट दिन मतदाताहरूसँग आग्रह गरिसकेका छन्।
नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि काठमाडौंस्थित राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा तयार मतदान केन्द्रमा चुनाव हुँदै छ।
मतदानका लागि कांग्रेस महाधिवेशन प्रतिनिधि तथा उम्मेदवारहरू मतदानस्थल पुग्ने क्रम जारी छ। बिहान ८ बजे सुरु गर्ने भनिए पनि ढिलाइ भइरहेको छ।