नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा पदमा दिएको मनोनयन फिर्ता गरेतापनि अन्तिम नामावलीमा उक्त नाम समावेश भएको पाइएको छ ।
निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावली सूचीमा केन्द्रीय सदस्य महिला खुलाको सि.नं. १५ मा रहेकी अम्बीका शर्मा लामिछानेले आफूले उम्मेदवारी फिर्ता लिनको लागि निवेदन दिएको भएतापनि अन्तिम नामावलीमा आफ्नो नाम समावेश भएको बताएकी हुन् ।
९ पदको लागि सुरूमा ३१ जनाको उम्मेदवारी परेको भएतापनि सीता देवी पाण्डेको नाम उम्मेदवारी फिर्ता लिने ५७ जनामध्येमा समावेश भएको छ भने शर्माको नाम कायमै छ । कांग्रेस निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम नामावलीको सूचीमा शर्माको नाम सि.नं. ४ मा रहेको छ ।
शर्माले एक सूचना जारी गर्दै आफ्नो मनोनयम नभएको हुँदा उक्त पदमा मतदान नगरिदिनुहुन महाधिवेशन प्रतिनिधीहरूलाई अनुरोध गरेकि छिन् ।
उनी प्रभु बैंकको डाइरेक्टर समेत हुन् ।