आज श्री शाके १९४३ बि.स.२०७८ साल असोज २१ गते बिहीबार इस्वी सन २०२१ अक्टोबर ७ तारिख आश्विन शुक्ल पक्ष प्रतिपदा तिथि चित्रा नक्षत्र ऐन्द्र योग बालव करण चन्द्रमा कन्या राशिमा आनन्दादि योगमा चर योग राक्षसनाम संवत्सर सूर्य दक्षिणायन शरद ऋतु मातामहश्राद्ध नवरात्रारम्भ घटस्थापना शारदीय नवरात्र प्रारम्भ नः लाः स्वने (ज्यो.प.सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) अनावश्यक खर्चको सम्भावना रहेको । कार्यसम्पादनमा सामान्य झन्झट उत्पन्न हुन सक्नाले दिन निराशा पूर्ण व्यतीत रहनेछ । स्वास्थ्यमा सामान्य समस्या देखा पर्नेछ । हर कोहीको विश्वासमा नपर्नु उत्तम रहनेछ । कुरा काट्नेहरूको वृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । नजिकका मित्र बाट धोका हुन सक्छ ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) आफूभन्दा सानाको साथ सहयोगमा गरिएका कार्य सहजता पूर्ण सम्पादन हुनेछन् । अध्ययन अध्यापनमा समय उत्तम रहनेछ । नयाँ कार्य थालनीको अवसर समेत प्राप्त हुनेछ । आर्थिक क्षेत्र सबल रहनेछ । बौद्धिक व्यक्तित्वहरूको सहयोगले कार्य सम्पादनमा विशेष फाइदा हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ ।
मिथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह) पारिवारिक साथ सहयोगमा वृद्धि हुनेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय व्यतीत रहनेछ । कार्यक्षेत्रमा शारीरिक आलस्ययताले सताउन सक्नेछ । सामाजिक कार्यमा जुट्ने समय रहेको । कार्य कुशलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । मनमा सामान्य चिन्ताले सताउन सक्छ ।
कर्कट राशि (हि, हु, हे, हो, डा, डी, डु, डे, डो) बल तथा पराक्रमका वृद्धि हुने योग रहेको । नयाँ मित्रजनहरु सँगको भेटघाटले मन प्रसन्न रहनेछ । तपाई द्वारा सम्पादित कार्यको श्रेय अन्य व्यक्तिहरूले प्राप्त गर्नेछन् । दाजु भाइ तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । शारीरिक आलस्ययताले सताउन सक्नेछ लगानी गर्दा विशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।
सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भौतिक श्रोत साधनको प्रयोगमा समय व्यतीत रहनेछ । मान्यजनहरूको साथ सहयोगमा अधुरा कार्य हरू सम्पादित रहनेछन् । आम्दानी मध्यम रहने समय रहेको । विलासिताका सामान खरिद योग रहेको छ । स्वास्थ्य सम्बन्धी समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ ।
कन्या राशि (टो, प, पी, पु, ष, ण, ठ, पे, पो) स्वास्थ्यका क्षेत्रमा सामान्य सुधारको योग रहेको । भोज भतेरजन्य कार्यमा सहभागिताको समय रहेको । विश्वासिला ब्यक्तिहरुबाट सामान्य धोका हुन सक्नेछ । वाणीमा मधुरता छाउनाले प्रतिस्पर्धी शुभचिन्तक बन्नेछन् । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । व्यापार व्यवसाय बाट राम्रो आम्दानी हुने योग रहेको छ ।
तुला राशि (र, रि, रु, रे, रो, ता, ती, तु, ते) गरिरहेको कार्यमा सामान्य ढिलाइ रहेता पनि कार्य सम्पादित भने हुने नै छ । व्यापार व्यवसायमा समय उत्तम रहेको । पारिवारिक साथ सहयोग प्राप्त रहनेछ । अध्ययन अध्यापनमा समय उत्तम रहेको । मनको चञ्चलताले कार्य क्षेत्रमा व्यवधान प्राप्त हुने छ । तपाईँको कार्यको फाइदा मित्र जनले प्राप्त गर्नेछन् ।
वृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यी, यु) मित्र जनहरूको साथ सहयोग प्राप्त रहनेछ । सन्तान शुःख प्राप्त हुनेछ । सामान्य चोटपटक सहनु पर्ला । नयाँ कामको थालनी गर्न राम्रो समय रहेको छ । बौद्धिक क्षमतामा वृद्धि हुनेछ । निर्णय गर्ने क्षमतामा वृद्धि हुनेछ । अरूको विश्वास गर्नाले धोका हुन सक्छ । आम्दानी क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आइपर्ने छ ।
धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) सामाजिक कार्यमा जुट्ने समय रहेको । सभासम्मेलनजन्य कार्यमा सामान्य मान सम्मानको प्राप्ति हुनेछ । मान्यजनहरूको स्वास्थ्यमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । सवारी साधन तथा भौतिक साधनको प्रयोगमा सावधानी अपनाउनु होला । कामको क्षेत्रमा सामान्य ढिलाइ रहन सक्छ । खानपानको क्षेत्रमा सजग रहनु होला ।
मकर राशि (भो, ज, जी, खि, खु, खे, खो, गा, गि) धार्मिक क्षेत्रको यात्राको सम्भावना रहेको । मित्र तथा दाजुभाइहरू सँगको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अरूद्वारा गरिएको कार्य त्रुटिका कारण तपाईँलाई सामान्य तनाव आइपर्न सक्नेछ । कार्य क्षेत्रमा मन लागे पनि सामान्य त्रुटि ले मानसिक चिन्ता दिलाउने छ । तपाईँको कमजोरीको फाइदा अ?ले उठाउन सक्नेछन् ।
कुम्भ राशि (गु, गे, गो, सा, सी, सु, से, सो, द) विश्वासिला ब्यत्तित्वहरुबाट धोका हुन सक्नेछ । खानपानका कारण स्वास्थ्यमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । वाणीका कारण आफन्त जनहरूसँगको सम्बन्धमा सामान्य तनाव उत्पन्न हुन सक्नेछ । मनमा सामान्य डर पैदा हुने साथै मनमा चञ्चलताले बास गर्ने छ । मान्यजनको साथ सहयोगले आम्दानीका क्षेत्रमा सहयोग पुग्नेछ ।
मीन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) बौद्धिक ब्यत्तित्वहरुको साथ सहयोग प्राप्त रहनेछ । अध्ययन अध्यापनमा समय उत्तम रहेको छ । आय आर्जनका निम्ति समय राम्रो रहेको । आम्दानीका विभिन्न श्रोतहरू फेला पर्नेछ । पारिवारिक शुःख प्राप्त हुनेछ । निर्णय गर्ने क्षमतामा वृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ ।