तीन दिनदेखि लगातार घटिरहेको शेयर बजार आज बुधवार भने बढेको छ । नेप्से आज ५० दशमलव ५८ अङ्कले बढेर दुई हजार ६ सय ६५ दशमलव ९३ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेको छ । दुई सय २९ कम्पनीको शेयर कारोबार भएकोमा २१ वटा कम्पनीको शेयर मात्रै घटेको छ ।
आज अपी पावर कम्पनी र ग्रीन डेभलपमेन्ट बैंकको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । समग्र बजार बढे पनि मेगा बैंक र युनिलिभर नेपाल कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज ९८ लाख ९४ हजार कित्ता शेयर पाँच अर्ब २८ करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै अपी पावर कम्पनीको २२ करोड ६७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
कारोबार भएका १३ वटै उपसमूहमा हरियाली छाएको छ ।
बैंकिङ २०.२९, व्यापार ७५.४३, होटल तथा पर्यटन ३२.९२, विकास बैंक १५०.६८, जलविद्युत् ११७.३४, वित्त १०६.४७, निर्जीवन बीमा २५५.६६, उत्पादन १०३.३७, अन्य ४१.४३, लघुवित्त ८८.०१, जीवन बीमा २१५.३८, सामूहिक लगानी कोष ०.०९ र लगानी २ बिन्दुले उकालो लागेका हुन् ।