नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको प्रमुख सचेतकमा दुर्गा विक चयन भएकी छन् ।
संसदीय दलको बिहीबार बसेको बैठकले विकलाई प्रमुख सचेतक चयन गरेको हो ।
संसदीय दलका नेता दीर्घबहादुर सोडारीले विकलाई दलको बैठकको निर्णयका आधारमा बिहीबार नै प्रमुख सचेतकमा नियुक्त गरेका छन् ।
अछामबाट एमालेबाट समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेकी विक यसअघि नेकपा एमालेमा हुँदा पनि प्रमुख सचेतक थिइन् ।नेकपा एकीकृत समाजवादी सुदूरपश्चिममा प्रदेशसभामा १४ सांसदसहित सबैभन्दा ठूलो दल बनेको छ ।