विगत केहि दिनदेखि लगातार घट्दै आइरहेको सेयर बजारमा आज पनि दोहोरो अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज नेप्से ४४.१८ अंकले घटेर दुई हजार ९ सय ३६ दशमलब ६१ विन्दुमा बजार बन्द भएको छ।
आज कोरोबार रकममा पनि गिरावट आएको छ। यस दिन नेप्सेमा ७ अर्ब ४९ करोड ५८ लाख बराबरको कारोबार भयो।
आज कारोबार भएका दुई समूह बाहेक अन्य सबै समूह घटेका छन्। मङ्गलबार अन्य र म्युचुअल फण्ड बाहेक सबै समूहमा गिरावट आएको छ ।
अन्य समूहमा १९ अंकको र म्युचुअल फण्ड समूहमा ०.०९ अंकको सुधार आएको नेप्सेले जनाएको छ । यसबाहेक अन्य सबै समूहमा गिरावट आएको छ । जीवन बीमा समूहमा सबैभन्दा बढी ३०२, निर्जीवन बीमा समूह २९०, लघुवित्त समूहमा १४६ अंकको गिरावट आएको छ ।
बजार घटेपनि आज सानिमा लाइफ इन्स्योरेन्स समूहको सेयर मूल्यमा १० प्रतिशतको सुधार आएको छ । १० प्रतिशतले मूल्य बढेसँगै कम्पनीको सेयर प्रतिकित्ता ४५२ रुपैयाँ पुगेको छ ।
यसअघि हिजो नेप्सेमा १६३ अंकको वृद्धि भएर कारोबार बन्द भएको थियो।