बाजुरामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको जगन्नाथ गाउँपालिका–१ पिलुचौरका अन्दाजी ५० बर्षिया पूणर्बहादुर बिष्टको शनिबार बेलुकी ८ बजे करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बड्डीगाड जलविद्युतको पावर हाउसमा मेसिनको जम्पर बदल्ने क्रममा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर बेहोस् भएका विष्टलाई उपचारका लागी लैजादा बीच बाटोमा मृत्यु भएको थियो ।
मृतक विष्टको पिलुचौरमा रहेको बाजुरा सामुदायिक अस्पतालमा पोष्टमार्टम पछि आफन्तलाई सव बुझाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।