यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ । शनिबार दिउँसो राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको हो ।
यस वर्ष पनि कोरोना महामारी कारण विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरको हो । एसईई परीक्षाको नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ ।
विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा एसईईको नतिजा सार्वजनिक गरेको हो । मुलुकभरका विद्यालयले विद्यार्थीको प्राप्तांक पठाएका थिए ।
५ लाख १७ हजार विद्यार्थी एसईईको नतिजाको पखाईमा छन् । विद्यालयले पठाएको अंकलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गरिएको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।
सईईको नतिजा थाहा पाउन निम्न वेबसाइट हेर्न सकिन्छ
www.see.gov.np, www.neb.gov.np, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ncell.axiata.com