आज माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षा नतिजा सार्वजनिक गर्न लागेको हो । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्न लागेको हो । आजै बोर्डको बैठक बसी नतिजा सार्वजनिक गर्ने तयारी छ ।
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईइ परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने गरी प्रकाशन गर्ने भएको छ । २०७७ को एसईईको नतिजा बोर्डको आधिकारिक वेबसाइट लगायत अन्य संस्थाबाट पनि हेर्न सक्ने व्यवस्था गरेको छ ।
बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा लि. इडियु संजाल नेपाल टेलिकम, कान्तिपुर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने बताएको छ ।
यसअघि सरकारले विद्यालयको अन्तरिम मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गरेको थियो ।
शिक्षा मन्त्रालयले गठन गरेको सुझाव कार्यदलले आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसईई परीक्षा लिने विकल्प दिएको थियो ।