डडेल्धुरामा एक युवक मृत फेला परेका छन्।
जिल्ला सदरमुकाम बागबजारमा घर नजिकै २३ वर्षीय युवक दीपेन्द्र धामी मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्दाले केटिएम दैनिकसँग भने ‘घरनजिकै लडेको अवस्थामा भेटिएका रहेछन् । आफन्तले अस्पताल पुर्याउँदा चिकित्सले मृत घोषणा गरेछन् । पछि मात्र हामीले थाहा पायौं गरेपछि मात्रै आफूहरु ले जानकारी पायौ ।’
उनको के कारणले निधन भएको भन्ने खुलेको छैन । प्रहरीले अहिले अनुसन्धानकै क्रममा रहेको हुनाले केही बताउने अवस्था नभएको बताएको छ ।