कैलालीमा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा फेरी लम्ब्याइएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसमा स्थानीय प्रशासनले जारी निषेधाज्ञालाई श्रावण १ गतेसम्म निरन्तरता दिने निर्णय गरेको हो ।
कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले श्रावण १ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने आदेश गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
मानिसहरुको भिडभाड हुने बाहेक अन्य प्रकारका व्यपार व्यवसायहरु बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन गर्न पाइने भएको छ । यसरी सञ्चालन हुने व्यवसायहरुमा होटल, रेष्टुरेन्ट, फास्टफुड, खाजा तथा चिया पसलहरु समेत खोल्न पाइनेछ ।
सवारी साधनको हकमा जिल्लाबाहिर जानुपर्ने भएका जिल्ला प्रशासन कार्यालयबाट स्वीकृति लिनुपर्नेछ । जिल्लाको हकमा जनस्वास्थ्यका मापदण्ड र प्रोटोकल पालना गरेर सञ्चालन गर्न पाइनेछ । यसरी सञ्चालन हुने सवारीसाधनमा कार, जीप, भ्यान, टयाक्सीमा चालक समेत गरी बढीमा ४ जना, अटोमा चालकसहित बढीमा ३ जना र सार्वजनिक यातायातमा सिट संख्या बराबर यात्रुहरुले यात्रा गर्न पाउनेछन् ।
सूचना