चिनियाँ भिडियो एप टिकटकमा अब तीन मिनेटको भिडियो अपलोड गर्न सकिने भएको छ । १५ सेकेन्डको भिडियो अपलोड गर्न मिल्ने गरी सुरु भएको एपमा ६० सेकेण्ड हुँदै ३ मिनेटसम्मको भिडियो अपलोड गर्न सक्ने नयाँ फिचर ल्याएको छ ।
बुधबार सामाजिक सञ्जाल विश्लेषक म्याट नवर्राले टिकटकले पठाएको मेसेज आफ्नो ट्वीट मार्फत् सार्वजनिक गरेका थिए। जसमा टिकटकका केही प्रयोगकर्तालाई परीक्षणका रूपमा तीन मिनेट लामो भिडिओ बनाउन सक्ने फिचर पाउने बताइएको थियो।
हाल टिकटकमा ६० सेकेन्ड लामो भिडिओ बनाउन सकिने फिचर छ। संसारभर पछिल्लो समय लोकप्रिय हुँदै गएको यो एप नेपालमा पनि लोकप्रिय छ ।