नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना कारणले नेकपा एकताको प्रयास सफल नभएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत भनेका छन्, “प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुट, भ्रामक र षड्यन्त्रपूर्ण छ।”
एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आइतबार सार्वजनिक अपील गर्दै आफूले नेकपा एकताका लागि प्रयास गरेको जनाएका थिए। प्रचण्डले भनेका छन् । “त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु।”