नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बुढानिलकण्ठमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन्।
सोमबार मध्यान्ह प्रचण्ड देउवा निवास पुगेका हुन्। स्रोतकाअनुसार अहिले देउवा र प्रचण्डबीच भेटवार्ता जारी छ।
‘उहाँ मध्यान्ह १२ बजेतिर बुढानिलकण्ठ आउनुभएको हो। छलफल जारी छ,’ एक नेताले भने।
यसअघि प्रचण्डले कोटेश्वर पुगेर माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए।