कोरोना भाइरसको संक्रमणका कारण नर्स नेसुम शाक्यको निधन भएको छ। नर्सिङ शिक्षक शाक्यको उपचारका क्रममा निधन भएको हो।
शाक्यको विराट हेल्थ साइन्सको अस्पतालमा उपचारका क्रममा शनिबार राती निधन भएको नेपाल नर्सिङ संघले जनाएको छ।
सोही अस्पतालको क्याम्पसमा नर्सिङ शिक्षकका रुपमा कार्यरत शाक्यको केहो वर्ष पहिले मिर्गौला प्रत्यारोपण गरिएको थियो।
शाक्यको निधनपछि संघले विज्ञप्ति जारी गर्दै समवेदना प्रकट गरेको छ। संघले दिवांगत आत्माको चिरकान्तीको कामना गरेको छ।