भक्तपुर । विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुण्डुका १३ वर्षीया किशोरीलाई दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक र तेक्वाण्दो प्रशिक्षकलाई प्रहरीले फक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गुण्डुका शिक्षक हरिकृष्ण कोजु र तेक्वाण्दो प्रशिक्षक चुलाई मुखिया रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।
घरमा अध्यापन गराउँदै आएका शिक्षक कोजुले ती किशोरीलाई भोज खान बोलाई यौन दुर्व्यवहार गरेको भन्दै पीडितकी आमाले प्रहरीले जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेको हो ।
ती किशोरीलाई तेक्वाण्दो प्रशिक्षक मुखियाले सल्लाघारीस्थित एकान्त स्थानमा बोलाई तेक्वाण्डो खेल राम्रोसँग सिकाइदिन्छु भन्दै दर्व्यहार गरेको जाहेरी आएपछि प्रहरीले पक्राउ गरेको हो ।