काठमाडौँ । मुलुकभर पश्चिमी वायुको प्रभावले आज विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावले अहिले प्रदेश १ र कर्णाली प्रदेशमा सामान्य बदली भएको छ ।
सोही प्रभावले आज दिउँसो र राति देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
दिउँसो : प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू(भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
राति : पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जनरचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।