सरकारले पत्रकार बन्न जाँच लिने निकायका रूपमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्ने भएको छ ।
सञ्चार तथा सुचना प्रविधी मन्त्रालयमा शुक्रबार गरिएको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री पार्वत गुरुङले पत्रकारलाई जाँच लिने निकाय गठन गर्न लागेको जानकारी दिएका हुन् ।
कुनै पनि सेवा क्षेत्रमा प्रवेश गर्नका लागि आधारभूत दक्षता परीक्षण र उत्तीर्ण गर्नु जरूरी भएजस्तै पत्रकारितामा प्रवेश गर्नका लागि सरकारी मान्यताको प्रशिक्षण केन्द्र आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गठन आदेश २०७८ लाई अर्थ मन्त्रालयमा पठाइएको मन्त्री गुरुङले जानकारी दिए ।
यसअगाडी सरकारले ल्याउने भनेको मिडिया काउन्सिल विधेयकमा पत्रकार बन्न लाइसेन्स लिने व्यवस्था गरिएको भन्दै पत्रकारहरुबाट त्यसको विरोध भएपछि उक्त विधेयक पास हुन सकेन ।
नेपालमा कुनै पनि विषयमा स्नातक गरेको व्यक्ति सम्पादक हुन पाउने हुँदा अनलाइन सञ्चारमाध्यमहरुको संख्या मात्रै बढेको तर गुणस्तर नबढेको भन्दै यसतर्फ बेलैमा सोच्नुपर्ने सरोकारवालाहरुको माग छ ।