कैलाली । नेपाली कांग्रेस संसदीय दलका नेता डा. रण बहादुर रावलले अहिलेको सुदूरपश्चिमको प्रदेश सरकार जुगाडको भरमा चलेको बताएका छन् ।
शुक्रबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशको क्रममा उनले सो कुरा बताएका हुन् । यो प्रश्न जनताको हो त्यसैले जनताको शब्द सापट लिएर म भन्दै छु, नेता रावलले भने,‘ सरकार कमिसनको भरमा चलेको छ ।
यो सरकार नेतामुखी भयो, नेताको गुलामी गर्ने मात्रै काम भयो । यस्तै उनले अब आउने बजेट जनमुखी बनाउनु पर्ने बताए ।