जेठ १८ गते निधन भएका वेकशील साझा पार्टीका पूर्वसंयोजक तथा वैकल्पिक राजनीतिका अभियन्ता उज्वल थापालाई साझा पार्टीकी रञ्जु दर्शना र आलोक सुवेदीले संयुक्त रुपमा दागबत्ति दिएका थिए ।
उनीहरुले दागबत्ति दिएपछि सामाजिक सञ्जालमा बिभिन्न प्रतिकृयाहरु आएका थिए । किन उनका परिवारलाई बाहिर ल्याइएनलगायतका कयौं प्रश्नहरु तेर्सिएका थिए । के उनले विवाह गरेका थिएन्न त ? उनका सन्तान र बाबु आमाका कुराहरु पनि बाहिर आएको थिएन । उनको निधन पछि परिवारले एउटा वक्तव्य निकालेको थियो ।
उक्त वक्तब्यमा ‘उज्वल थापा हामीबिच रहनुभएन । हाम्रा छोरा, श्रीमान्, दाइ, भान्जा, मित्र, काका, ठूलो बुबा, नाति, मामा, हजूरबुबा, ज्वाइँ, भिनाजु, विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, हाम्रा प्रिय उज्वल बहादुर थापा, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद पनि हामीबिच रहनु भएन ।
हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ, भनिएको छ । सबैभन्दा अचम्मको कुरा उनको परिवारको बारेमा थप जानकारी मिडियामा बाहिरिएको छैन । माथिको स्टाटसले उनी विवाहित भन्ने जनाउँछ । तर उनको श्रीमति र छोरा छोरीको बारेमा थप जानकारी कतै भेटिँदैन ।
उनी आफैं पारिवारीक जानकारी बाहिर ल्याउन चाँहदैनथिए । त्यसैले उनको परिवारको अनुरोधलाई र परिवारको गोपनियताको हकको सम्मान गर्दै उनको परिवारको बारेमा थप जानकारी मिडियामा नआएको हो । उनलाई दागवत्ती दिएकी रञ्जु दर्शना उनलाई दाई भनेर सम्बोधन गर्छिन् ।