अनलाइन पत्रिकालाई पनि लोककल्याणकारी विज्ञापन पाउने भएको छ।
आज (शुक्रबार) मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा आगामी आर्थिक वर्ष २०७८/८९ को वजेटमा गरिएको व्यवस्थाबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गरुङले उक्त जानकारी दिएका हुन्।
यसअघि छापा पत्रिका र रेडियो-टेलिभिजनलाई मात्रै लोककल्याणकारी विज्ञापन दिने व्यवस्था थियो।