कञ्चनपुरमा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
महाकाली अस्पतालमा उपचाररत दुई जना संक्रमितको गएराति मृत्यु भएको हो । महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोविन्द रोकायाले भेन्टिलेटरमा राखेर उपचार गराइरहेका भीमदत्त नगरपालिका १८ का ४८ वर्षीय पुरुष र भीमदत्त नगरपालिका ७ की ५५ वर्षीया संक्रमित महिलाको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार भेन्टिलेटरमा उपचाररत पुरुष बैशाख १६ गते अस्पताल भर्ना भएका थिए भने महिलाको दुई दिनदेखि ईमरजेन्सी वार्डमा अक्सिजन दिएर उपचार भइरहेको थियो ।