कञ्चनपुरमा लागु औषध खैरो हिरोइनसहित २ जना पक्राउ परेका छन्।
जिल्लाको बेल्डाडि गाउँपालिका वडा नम्बर ३ बिचपट्टिस्थित नेपाल भारत सिमाना तर्फबाट उत्तर नेपाल तर्फ आइरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लाल बहादुर बमले बताए। उनका अनुसार बेलडाँडी गाउँपालिका वडा नम्बर ५ बस्ने वर्ष २१ को गोपाल रानाले चलाई रहेको से १ प ५०१८ नम्बर को मोटरसाइकलबाट ३ ग्राम ९ सय मिलिग्राम लागु औषध ब्राउनसुगर जस्तो खैरो पदार्थ फेला परेको हो।
यस्तै वडा नम्बर ३ सिमलडाडीस्थित नेपाल तर्फ आइरहेको भिमदत्त नगरपालिका वडा नम्बर १८ भगतपुर बस्ने २३ वर्षीय प्रभुराज हमाललाई पक्राउ गरिएको छ।उनको साथबाट लागु औषध खैरो हिरोइन जस्तो देखिने ६ दशमलव ४६० ग्राम समेत गरी जम्मा १० ग्राम ३६ मिलिग्राम लागु औषध बरामद गरिएको प्रहरी निरीक्षक बमले बताए।
उनीहरू दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।