कोरोना संक्रमणका कारण दैलेखमा एक गर्भवती महिलाको मृत्यु भएको छ । आज बिहान साढे ११ बजे ती महिलाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा नारायण नगरपालिका–६ की २२ वर्षीया महिला रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थीरप्रसाद रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार त्यी महिलाको स्वास्थ्य सेवा कार्यालय दैलेखमै मृत्यु भएको हो ।
कैलालीमा थप एक संक्रमितको मृत्यु
कैलालीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।सेती अस्पतालमा उपचारको क्रममा बर्दगोरीया गाउँपालिका ५ कि ४२ बर्सिया महिलाको सङ्क्रमणबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।
शुक्रवार कैलालीका ३ जनाको सङ्क्रमणबाट मृत्यु भइसकेको छ । यस अघि जिल्लाको गोदावरी नगरपालिका ११ का ६३वर्षीय पुरुष र लम्की चुहा १ का ४२ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।