धनगढी । कैलालीमा थप २ जना कोरोना सक्रमितको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिकाका र लम्कीचुवा नगरपालिकाका पुरुषको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।
गोदावरी नगरपालिकाका ११ का ६३ बर्षिय पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा शुक्रवार विहान १ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालकिा सूचना अधिकारी शिवराज जोशीले बताए । उनका अनुसार लम्कीचुहा नगरपालिका ४३ बर्षिय पुरुषको सेति प्रादेशिक अस्पतालमा उपचररका क्रममा शुक्रवार बिहान साढे ४ बजे मृत्यु भएको जानकारी दिए ।