कैलालीमा जिल्ला ट्राफिक प्रहरीले निषेधाज्ञा उल्लंघन गर्नेमाथि कारवाही गर्न थालेको छ । कोरोना संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि जारी गरेको निषेधाज्ञा उल्लंघन हुन नदिन प्रहरीले निगरानी तथा कारवाही कडा तुल्याएको हो ।
निषेधाज्ञाको पहिलो दिन बिहिवार कैलालीमा साना–ठुला गरी ७५० सवारीसाधन होल्ड गरिएकोमा ३८ वटा सवारी साधनलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक वीरेन्द्र बोहराले केटिएम दैनिकलाई बताए ।
त्यस्तै सवारी साधन लाई कारवाही गरी २३ हजार पाँच सय राजस्व सकलन गरिएको उनले जानकारी दिए । निषेधाज्ञा उल्घंन गरे संक्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुन सक्ने व्यवस्था रहेको छ ।