कञ्चनपुर । कञ्चनपुरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको बिहिवार बिहान १ बजे, दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवकको राती साढे १२ बजे र भिमदत्त नगरपालिका १८ कि ३६ वर्षीय एक महिलाको बिहीबार बिहान साढे ७ बजे मृत्यु भएको महाकाली अस्पतालले जनाएको छ।
भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको कुनै पनि ट्राभल हिस्र्टी नभएको र उनमा ब्लड क्यान्सरको समस्या रहेकोमा कोरोना पोजेटिभ पनि देखिएकाले उपचारको क्रममा मृत्यु भएको अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा। गोविन्द रोकायाले बताए।