त्रिभुवन विश्वविद्यालयले पुर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ ।
आइतबार कोभिड-१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) ले देशभरका विद्यालय तथा शिक्षालयहरुमा भौतिक उपस्थितिमा हुने पूर्व निर्धारित सबै प्रकारका परीक्षाहरु रद्द गर्ने निर्णय गरेसँगै त्रि.वि केन्द्रीय परीक्षा संचालक समितिको बैठकले पूर्वनिर्धारित सबै परिक्षाहरु स्थगन गर्ने निर्णय गरेको हो ।
सोमबार त्रिविले सूचना जारी गर्दै कोरोनाका कारण पूर्वनिर्धारित सबै परीक्षा १४ वैशाखदेखि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो।
सूचनामा भनिएको छ ।
त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुको वार्षिक तथा सेमेष्टर प्रणालीका स्नातक एवं स्नातकोत्तर तहका विभिन्न परीक्षाहरु संचालित भईरहेका र संचालनको प्रक्रियामा रहेको अवस्थामा COVID-19 को दोस्रो लहरका प्रकोपका कारण देशका विभिन्न स्थानहरुमा लकडाउन तथा निशेधाज्ञाका कारण हाल संचालित तथा संचालनको प्रक्रियामा रहेका सम्पूर्ण परीक्षाहरु यथास्थितिमा संचालन गर्न नसकिने परिस्थिति सजना भएकोले आज मिति २०७८।१।१३ गते बसेको त्रि.वि केन्द्रीय परीक्षा संचालक समितिको बैठकको निर्णय अनुसार पूर्व निर्धारित भए अन्सारको त्रिभुवन विश्वविद्यालयद्वारा संचालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु मिति २०७८।१।१४ देखि अर्को सचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।