ललितपुरको सानेपामा रहेको एभरेष्ट ईन्जिनियरिङ् कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना संक्रमण पाइएपछि २ दिनको लागि कलेज बन्द गरिएको छ ।
कलेजले आज एक सूचना जारी गर्दै बैशाख २ गतेदेखि अनलाइन विधिबाट कक्षा सञ्चालन हुने जानकारी दिएको छ । पोखरा विश्वविद्यालयबाट सम्वन्धन प्राप्त यस कलेजले बैशाख १२ गतेसम्म भर्चुअल बाहेक अन्य पठनपाठन बन्द गर्ने निर्णय गरेको हो ।
अहिलेलाई बैशाख १२ गतेसम्म अनलाइन विधिबाट कक्षा संचालन हुने भनिएपनि त्यसपछिको अवस्था हेरेर कलेजले थप निर्णय लिने कलेज प्रशासनले केटिएम दैनिकलाई बतायो । पछिल्लो समयमा नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । सोमबार मात्रै कोरोनाबाट १३ जनाले ज्यान गुमाएका छन् भने ५ सय ५९ जनामा संक्रमण पाइएको छ ।