हिन्दू धर्ममा चन्द्रग्रहणलाई विशेष मान्यता दिइने गरिएको छ । यसबारे धेरै किसिमको मान्यता पनि रहेको छ । ग्रहणकालमा धेरै किसिसमका नकारात्मक तथा हानिकारक किरणको प्रभाव रहन्छ ।
ग्रहणको क्रममा अन्न र जल खानुहुँदैन । चन्द्र ग्रहणको क्रममा स्नान पनि गर्नुहुँदैन । ग्रहण सकिएपछि वा शुरु हुनुभन्दा अघि स्नान गर्नु राम्रो हुन्छ । ग्रहणलाई खुला आँखाले हेर्नुहुँदैन । यसले आँखामा नकारात्मक असर पार्नसक्छ । ग्रहणको क्रममा मन्त्रको जप गर्न सकिन्छ ।
पृथ्वीले सूर्यलाई घुम्ने गति र चन्द्रमाले पृथ्वीलाई घुम्ने गति समान छैन। यही असमानता नै ग्रहण हुने कारण मानिन्छ। गतिको असमानताले गर्दा समयको संयोगले कुनै बखत यी पिण्डहरू एउटै सीधा रेखामा पर्छन्।
फलस्वरूप कहिले पृथ्वीको छायाँ चन्द्रमामा र कहिले चन्द्रमाको छायाँ पृथ्वीमा पर्छ। यसरी छायाँ परेको अवस्था नै ग्रहणको अवस्था हो। पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण र चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा सूर्यग्रहणको स्थिति सिर्जना हुन्छ।
पृथ्वीले सूर्यलाई र चन्द्रमाले पृथ्वीलाई परिक्रमा गर्ने क्रममा जब पृथ्वी सूर्य र चन्द्रमाको बीचमा आइपुग्छ, तब सूर्यको प्रकाशलाई पृथ्वीले छेकिदिन्छ। यस्तो अवस्थामा चन्द्रमामा पृथ्वीको छायाँ देखिन्छ। छायाँको यस्तो अवस्था नै चन्द्रग्रहण हो।
चन्द्रमाको पूरै भाग छायाँले छोपेको अवस्थालाई खग्रास चन्द्रग्रहण र आधा वा केही भाग मात्र ढाकेको अवस्थालाई खण्डग्रास चन्द्रग्रहण भनिन्छ। चन्द्रग्रहण पूर्णिमा तिथीका दिन लाग्दछ । भने सूर्यग्रहण औंशीका दिन लाग्दछ प्रत्येक औंसी र पूर्णिमामा ग्रहण नलाग्नुको कारण बुझ्नु पनि सान्दर्भिक नै होला । सूर्यग्रहण हुन सूर्य र पृथ्वीको बीचमा चन्द्रमा परी तीनै पिण्डहरू एकै सीधा रेखामा परेको हुनुपर्छ, तर त्यतिले मात्र ग्रहण हुन सक्तैन।
पृथ्वी र चन्द्र कक्षहरू एउटा सतहमा नपरी ५ दशमलव १५ डिग्रीको कोण बनाएर ढल्किएका छन्। वर्षमा दुईवटा यस्ता अवसर आउँछन् जतिबेला चन्द्र कक्षका दुई आमने सामनेका छेउहरू पृथ्वीको कक्षसित मेल खान्छन्। अर्थात् सूर्य र पृथ्वी सित एकै सरल रेखामा पर्छन्। यी मेल खाएका स्थानहरू सूर्य र पृथ्वीबीचमा पर्न आउँछन्। त्यसबेला ग्रहण हुन्छ। ज्योतिष शास्त्रका अनुशार जुन पूर्णिमा तिथीका दिन राहु अथवा केतुमा एक ग्रह चन्द्रमाको साथमा एकै राशिमा पर्न आउँछन् त्यस दिन चन्द्र ग्रहण हुन्छ ।
सन् २०२१ मा कहिले र कतिवटा चन्द्रग्रहण हुन्छ
यस वर्ष दुई चन्द्रग्रहणहरू हुनेछ । पहिलो चन्द्रग्रहण वैशाख महिनाको शुक्लपक्षको पूर्णिमा अर्थात २ मे २०२१ (वैशाख १९, २०७८, आइतवार) मा अपराह्न २ः१७ बजे हुनेछ। यो ग्रहण साँझ ७ः१९ बजेसम्म चल्नेछ । र दोस्रो चन्द्रग्रहण १९ नोभेम्बर २०२१ मा हुनेछ।
कहाँबाट चन्द्रग्रहण देखिन्छ ?
पहिलो चन्द्रग्रहण अष्ट्रेलिया, अमेरिका, एशिया र प्रशान्त महासागर क्षेत्रमा भारतसँगै नेपालबाटपनि देख्न सकिन्छ। भारत, नेपालको लागि पहिलो चन्द्रग्रहण छाया चन्द्र ग्रहण हुनेछ। तर अन्य देशहरूको लागि यो पूर्ण चन्द्रग्रहण हुनेछ। वर्षको दोस्रो चन्द्र ग्रहण पनि छाया ग्रहण हुनेछ। भारत बाहेक यो अमेरिका, उत्तरी यूरोप, प्रशान्त महासागर र अष्ट्रेलियामा पनि देखिनेछ।
सुतक अवधि
चन्द्रग्रहण भन्दा पहिलेको समयलाई सुतक अवधि भनिन्छ। त्यसकारण, ग्रहण हुनुभन्दा अघि कुनै पनि शुभ कार्यहरू रोकिन्छ। सूतक अवधि ग्रहणको ९ घण्टा अघि सुरु हुन्छ र ग्रहणको साथ समाप्त हुन्छ। यो ग्रहण आँखासँग दृश्यात्मक हुने छैन, त्यसैले यसको सूतक अवधि पनि मान्य हुनेछैन।