महानगरीय प्रहरी अपराध महाशाखाले हनि ट्रयाप मार्फत पुरुषलाई फसा उने २ जना महिलालाई पक्राउ गरेको छ । कोटेश्वर बस्ने एक पुरुषलाई ललिता भन्ने लालसरी शाहीले सुन्धारास्थित गेष्टहाउसमा भेट बोलाएर सँगै बसेको भिडियो साथीलाई खिच्न लगाएर सोही भिडियो देखाई पुरुषलाई ब्ल्याक मेलिङ गर्ने गरेको खुलेको हो ।
उनीहरुले यौ न सम्बन्धको भिडियो म्यासेन्जरमा पठाएर ती युवालाई पटक पटक लाखौँ रकम माग गरेपछि प्रहरीमा उजुरी परेको थियो । उनीहरुलाई हिजो प्रहरीले प क्राउ गरेर सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा सुर्खेत विरेन्द्रनगर नगरपालिका १० घर भएकी हाल घट्टेकुलो बस्दै आएकी ३७ वर्षिय लालसरी शाही ललिता र सोही घर ठेगाना र उमेर भएकी हाल कपन बस्दै आएकी कल्पना हमाल छन् ।
लालसरी शाही राजु धिताललाई २०६६ मंसिरमा अ प हरण गरी कर्तव्य गरेको घटनामा बाँके जिल्ला अदालतबाट १४ वर्ष जे ल सजाय भई ७ वर्ष जे ल बसेर १ लाख धरौटीमा छुटेकी पात्र हुन् ।
शाही र हमालले नै सुर्खेतको विरेन्द्रनगर नगरपालिकाका लेखा शाखामा कार्यरत लेखापाल खेमराज शर्मालाई फसाउने नियतले होटलमा भेट्न बोलाई उनकै विरुद्धमा गत असोज ६ गते प्रहरी कार्यालयमा जब रजस्ती कर णीको जा हेरी दिएकी थिइन् ।
सोही मुद्दामा उनलाई सुर्खेत जिल्ला अदालतले जाहेरी नै झुठ्ठा ठहर गर्दै ३ वर्ष ६ महिना सजाय गरेको थियो । पक्राउ परेकी शाहीले संस्थागत कामको शिलसिलामा विगत १ वर्ष देखि चिनजानमा रहेको कोटेश्वरका ५२ वर्षिय पुरुषलाई सुन्धारास्थित होटलमा आफूलाई समस्या परेको भन्दै बोलाएकी थिइन् ।
होटलमै समस्या परेको भन्दै उनलाई भेट्न पुगेका ती पुरुषलाई पैसा हराएकोले सहयोग गर्न आग्रह गरेकी थिइन् । होटलको कोठामा नै बोलाएर उनले ती पुरुषको हातमा समाउने गरेकी थिइन् । सँगै रहेकी उनकी साथीले भिडियो खिचेकी थिइन ।
पैसा नदिए प्रहरीलाई बोलाउने र परिवारलाई समेत बोलाउने भन्दै ध म्की दिने गरेको प्रहरी अ नुसन्धानमा खुलेको छ । पटक–पटक गरी रू.३ लाख २ हजार ५ सय रुपैयाँ फिरौती समेत उठाएको पाइएको छ । उनीहरुले थप ८ लाख फि रौ ती मागेपछि प्रहरी कार्यालयमा उ जुरी दिएका थिए ।