अँगेनामा आगो बलिरहेको छ, ओदानमाथि एउटा ताप्केमा पिठो र केही चामलका मुठी फत्फत पाकिरहेको आवाज आइरहेको छ, चुलोको दायाँपट्टि दुई छोरी एक छोरा आगोमा हात फिँजाएर आगो तापिरहेका छन् । एक अधबैंसे महिला बाहिर भित्र गर्दै केही खोजिरहेकी जस्तै गरिरहेकी छन् ।
चुलोको पूर्वपट्टि भुइँमा एक थान कपडा ओछ्याइएको छ, त्यसमाथि एउटा महिलाको पातलो सल ओडेर गोडामाथि हात राख्दै बसेका एक व्यक्ति मलिन अनुहार लिएर टोलाइरहेका छन् । सायद उनले आफ्नो सामुन्ने बसिरहेका तीन बालकका बारे सोच्दै टोलाएका हुन् । यो मनै भावविभोर बनाउने दृश्य कुनै सिनेमा वा कुनै नाटकको भनै एक पत्रकार तथा कलाकारको घरमा देखिएको वास्तविक दृश्य हो ।
पत्रकार तथा कलाकार सुमन मल्ल मधुमेह, बाथ र उच्च रक्तचापले थलिएरपछि आर्थिक अभाव र गरिबीका कारण उपचार गर्ने आर्थिक क्षमता नहुँदा उपचारको पर्खाइमा यसरी नै मुगु जिल्ला छायाँनाथ रारा नगरपालिका–१ ठिनी टोलमा रहेको आफ्नो घरमा एक वर्षयताबाट दिन कटाउदै आएका छन् । मल्लले कर्णालीको यथार्थ जीवनमा आधारित रहेर बनाइएको चर्चित नाटक कर्नाली दक्षिण बग्दो छ र कर्नालीवासीलाई सपना देखाउने गरी बनाइएको अर्को चर्चित नाटक सुइना कर्नालीको नाटकका मुख्य पात्रका रुपमा भूमिका खेलेका थिए ।
उनी श्रीमती गङ्गा मल्ल आँखाबाट आँशु झार्दै भन्छिन्, “सहयोग गरेको रकमले सामान्य उपचार भए पनि काठमाडौँलगायत अन्य मुख्य शहर रहेका सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न पाए निको हुनुहुन्थ्यो कि ।’’ उनी भन्छिन्, ‘‘बिहान बेलुका खाना खानेसम्म अवस्था नाजुक छ कसरी औषधि गरौं त्यो बेला पत्रकार नहुनुस् कतै जागिर खानुस्, नभए व्यापार गरौँ भनेको थिएँ मान्नुभएन अहिले पैसा कताबाट ल्याउँ छोराछोरी बूढी सासू पालुँ कि श्रीमानको उपचारका लागि माग्दै हिँडु ।”

रोग, भोग, विकटतामा रहेर आफ्नो कष्टकर जीवन बिताउँदै आएका कर्णालीवासीको जीवन नाटक र पत्रकारितामा उतार्दै सयौँको पीडामा मलम लगाएका मल्लले एक वर्षबाट ओछ्यानमै थलिँदा पनि कोही सहयोगी मन भेटाउन सकेका छैनन् । घरको अवस्था बिहान बेलुका छाक टार्न धौधौ पर्ने गरेको छ, त्यसमा तीन छोराछोरीलाई पाल्नुपर्ने, बूढी आमा र श्रीमतीकोे मायाको पिरोलो रहेको, रोग सामान्य भए पनि औषधि गर्ने एकसुको पनि नहुँदा ओछ्यानमै थलिनुपरेको मलिन स्वरमा पत्रकार मल्ल भन्छन्।
लामो समयदेखि मुगुमा बसेर नागरिक दैनिक, नयाँपत्रिका दैनिक र स्थानीय रेडियो मुगुमा स्टेसन इञ्चार्जका रुपमा काम गर्दै आएका मल्लले ओछ्यानमै थलिएपछि दुई वर्षयताबाट समाचार र नाटक लेख्न र खेल्न सकेका छैनन् । गतवर्ष बिरामी हुँदा छायाँनाथ रारा नगरपालिकाले रु ५० हजार सहयोग गरेपछि नेपालगञ्ज मेडिकल कलेजमा उपचार गरेका थियौँ त्यो बेला पत्रकार महासङ्घ मुगुमा आबद्ध पत्रकारले पनि सहयोग गर्नुभएको थियो, पछि पुनःबिरामी हुँदा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको सहयोग र जुम्लाका क्रियाशील पत्रकारको सहयोगमा उपचार भयो ।
उनी श्रीमती गङ्गा मल्ल आँखाबाट आँशु झार्दै भन्छिन्, “सहयोग गरेको रकमले सामान्य उपचार भए पनि काठमाडौँलगायत अन्य मुख्य शहर रहेका सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न पाए निको हुनुहुन्थ्यो कि ।’’ उनी भन्छिन्, ‘‘बिहान बेलुका खाना खानेसम्म अवस्था नाजुक छ कसरी औषधि गरौं त्यो बेला पत्रकार नहुनुस् कतै जागिर खानुस्, नभए व्यापार गरौँ भनेको थिएँ मान्नुभएन अहिले पैसा कताबाट ल्याउँ छोराछोरी बूढी सासू पालुँ कि श्रीमानको उपचारका लागि माग्दै हिँडु ।”
सुइना कर्णाली र कर्णाली दख्खिन बग्दो छ, नाटक काठमाडौँमा चलिरहँदा नेपालमा रङ्गमञ्चको कोसेढुङ्गा सावित भई त्यसयता नाटकमा दर्शक तानिएका थिए । रङ्गमञ्चका एक मुख्य पात्र उही पुन्नबहादुर विश्वकर्मा (हुड्के) को भूमिका निर्वाह गरेर चर्चित बनेका सुमन लामो समयसम्म बिरामी परेर ओछ्यानमा थलिँदा भने न त पत्रकारिताका नाममा भाषण ठोक्दै हिँड्ने पत्रकार आए न त रङ्गमञ्चका बादशाह सम्झने रङ्गकर्मी नै । गोरखापत्रबाट