अहकूटा भयत्रस्तैः कृता त्वम् होली बालिशैः । अतस्वां पूजयिष्यामि भूति-भूति प्रदायिनीम् ॥ होलीले सम्पूर्ण नेपाली जनमा हर्षोल्लास ल्याउने गर्दछ । रङ्ग दलेर शुभकामना साटासाट गर्दै होली मनाइने गरिन्छ ।
सदियौँदेखि होली मनाइँदै आएको छ, तर एउटा गुनासो प्रत्येक वर्षको होलीमा आउने गर्छ । होली खेल्न मन नहुनेहरूलाई रङ्ग नदल्नु पानी नछ्याप्नु । तर यो लागु भएको पाइदैन् । जबरजस्ती गर्नेलाई कारबाही गरिने भने पनि व्यवहारिक रूपमा भने लागु भएको पाइँदैन ।
प्रशासनले यस पटक भने इच्छा विपरीत रङ्ग दल्ने र लोला हान्नेलाई दुई वर्ष थुनामा राख्ने कानुन ल्याएको छ । तर त्यो कत्तिको लागु हुने हो हेर्न बाकी नै छ । रङमा खुर्सानीको धुलो हाल्ने, फोहोर पानीले छ्याप्ने गरिएको पाइएको छ ।
यसले उत्सव नभएर होलीप्रति नकारात्मक सोच जगाउँछ । होलीका दिन अति आवश्यक काम परेर बाहिर निस्किएका जो कोहीलाई सहमतिमा नै रङ्ग दल्नु वेश हुन्छ । कतिपय शोकको घडीमा रहेकाले रङ्ग लगाउन हुँदैन । त्यसप्रति पनि सतर्क हुनुपर्ने देखिन्छ ।
यद्यपि, तर्क आफ्नै आफ्नै हुन्छ । होलीमा जर्वरजस्ती गर्नेहरू भन्ने गर्छन् – वर्ष दिनमा आउने होलीमा रङ्ग नदलेर कहिले दल्ने ? तर्क ठिकै भए पनि इच्छा विपरीत कसैको शरीरमा रङ्ग र लोला हान्न कसैलाई छुट छैन । भाङ र गाँजाको नशामा खेलिने होलीले स्वास्थ्यमा असर त छदै छ अकल्पनीय दुर्घटना पनि निम्त्याउन सक्छ । त्यसैले यसप्रति सज हुन आवश्यक छ ।
होलीमा त हो चाखी हेरौँ भन्नेहरू यसको लतमा दुर्व्यसनीमा फस्न सक्छन् । केही क्षण यसको रमझममा भुले पनि बानी परेको खण्डमा यसको दीर्घकालीन असर नराम्रो हुन्छ । आर्थिक क्षति छदै छ स्वास्थ्यमा समेत नकारात्मक असर पुर्याउदछ ।
कुनै पनि चाडपर्वले निश्चित मौसम, हावापानी, भूगोललाई इङ्गित गर्छ । रङ्गहरूको यो पर्व त्यही बेला आउँछ, जति बेला प्रकृतिमा हरियाली छाउन थाल्छ । यसअघि जाडो याम हुन्छ । प्रकृति पनि रुखो एवं सुख्खा हुन्छ । रुख-बुट्यानको पात झरेर उजाड हुन्छ । वायुमण्डलमा चिसो र सुख्खा हावा चलिरहेको हुन्छ ।
त्यसैले स्वच्छ भएर होलीमा समाहित हुनु नै राम्रो हुनेछ । होली हामी नेपालीको उत्सव हो तर होलीको नाममा पनि हिमाल, पहाड, तराईमा विभाजन गरिएको छ, छुट्टाछुट्टै दिन मनाउने भनेर । यसले गर्दा एउटै देशमा रहेका नेपालीहरूमा टाढा रहेको अनुभूति दिलाउँछ ।
नेपाली हुनुको, दाजुभाइ दिदी बहिनी हुनुको सद्भावलाई यसले मनमा खिन्नता ल्याउँदछ । भनाई नै छ नि ‘हिमाल पहाड तराई कोही छैन पराई’ । यसलाई बरु एकै दिन बनाउन आवश्यक देखिन्छ । तराईमा उल्लास हुँदा होलीको पहाडमा पनि खुसीयाली छाएको हुनुपर्छ, अनि हिमाल पनि । होली हिन्दु संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात् होली पूर्णिमाको दिन मनाइन्छ ।
यो नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दहरूको एउटा महत्त्वपूर्ण चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ ।
होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानो सानो नानीहरूदेखि वृद्ध वृद्धसम्म सबै होलीको मजा लिन्छन् । युवा, युवतीहरू गीत गाउँदै, नाच्दै होली खेल्दछन् । भनिन्छ कि होलीको दिन ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक अर्कासित मिल्छन्’ ।
यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुवा पनि भनिन्छ । होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गिन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गिन पर्वको रूपमा लिइन्छ ।
कुनै पनि चाडपर्वले निश्चित मौसम, हावापानी, भूगोललाई इङ्गित गर्छ । रङ्गहरूको यो पर्व त्यही बेला आउँछ, जति बेला प्रकृतिमा हरियाली छाउन थाल्छ । यसअघि जाडो याम हुन्छ । प्रकृति पनि रुखो एवं सुख्खा हुन्छ । रुख-बुट्यानको पात झरेर उजाड हुन्छ । वायुमण्डलमा चिसो र सुख्खा हावा चलिरहेको हुन्छ ।
यो मौसमी अवस्थासँग हाम्रो शरीर र मनको खास कनेक्सन हुन्छ । त्यही कारण त जाडो याममा धेरैजसो चिन्ता एवं डिप्रेसनको रोगी बढ्ने चिकित्सकहरूको भनाई छ । प्रकृतिको यो स्वरूप फेरिँदै गर्दा होली पर्व आउँछ । अर्थात् जाडो सकिएर गर्मी बढ्न थालेपछि । आकाश खुल्छ । यति बेला बिस्तारै प्रकृतिमा हरियाली छाउन थाल्छ । वायुमण्डलमा शीतल हावा वहन थाल्छ । रुख-बुट्यानले पालुवा फेर्न थाल्छ । रङ्ग विरङ्गी फूलहरू हावामा तैरिन थाल्छन् ।
यस्तो मोहक मौसममा मन पनि यसै फुरुङ्ग हुन्छ । अतः प्रकृतिको यो सप्तरङ्गी पृष्ठभूमिमा हामी किन रङ्गिन नहुने ? हामी किन उमंगित नहुने ? भनिन्छ नि, हामीले सधैँ प्रकृतिसँग लय मिलाउनुपर्छ । प्रकृतिसँगै नाच्नुपर्छ र प्रकृतिकै धुन अलाप्नुपर्छ । जब हामी प्रकृतिसँग एकाकार उङ्छौँ, जीवनको धुन फेला पार्छौँ ।
जीवनको माधुर्य प्रतिध्वनन भएको अनुभूत गर्छौँ । होलीमा रङ्गहरूको पर्व मनाउनुको ध्येय हो, जीवनलाई सप्तरङ्गी बनाउनुपर्छ । सत्यको जीतमा उल्लास होली एक पौराणिक पात्रको विजयी उत्सव हो, हामीले कण्ठ गरेको कुरा । हिरण्यकश्यपुले आफ्ना छोरो प्रह्लादलाई मार्नका लागि अग्नि कुण्डमा हालेर जलाउन चाहन्छन् ।
यसका लागि उनले आफ्नी बहिनी होलिकाको काखमा प्रह्लादलाई राखिन्छ र अग्नि कुण्डमा राखिन्छ । होलिका आगोले जलेर भीष्म हुन्छन्, प्रह्लादलाई केही हुँदैन । खासमा प्रह्लादले विष्णु भगवान्को आराधना गरेको उनको पिता हिरण्यकश्यपुलाई मन पर्दैन । त्यही कारण उनले छोरोलाई जलाएर नष्ट गर्ने योजना बनाएका हुन्छन् । तर, उनी अधर्म र असत्य पराजित हुन्छ । यसरी असत्यमाथि सत्यको जीत भएको खुसीमा पनि यो पर्व मनाउने गरिन्छ ।