सामाजिक संजाल फेसबुक मार्फत चिनजान भएकी युवतीबाट काठमाडौंका एक व्यक्ति ठगिएका छन ।
काठमाडौँको मनमैजु बस्ने खिन्त बिर सारु फेसबुकमा भेटिएका अर्घाखाँची तिलगंगा वडा नं. १ तल्लोटोल बस्ने रेनुका सारु लगायतको समूहबाट लाखौ रुपैयाँ ठगिएका हुन ।
खिन्त बिरलाई क्यानाडा पठाईदिने भन्दै नक्कली प्लेन टिकट समेत देखाई १४ लाख रुपैयाँ ठगेको खुलेको छ ।
पैसा लिएपछि एकाएक उनि सम्पर्क बिहिन भएपछि पीडितले प्रहरीमा जाहेरी दिएका थिए ।
पीडितको जाहेरीको आधारमा अनुसन्धान गर्दा काठमाडौँको सुन्धाराबाट मुख्य योजनाकार शेख सम्सुर आलोन र रेनुका सारु पक्राउ परेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
पक्राउ परेका मुख्य योजनाकार शेख सम्सुर आलोन भारत पश्चिम बंगाल कलकत्ता बर्दमानका वासिन्दा हुन् ।
उनीहरुको समूहले अन्य तिन जना व्यक्तिहरुबाट समेत १२ लाखको दरले रकम उठाई ठगी गरेको भन्ने खुलेको छ । उनीहरुबाट यदि कोही ठगीमा परेको छ भने प्रहरीको संम्पर्कमा आउन पनि महानगरीय अपराध महाशाखाले अनुरोध गरेको छ ।