२०७७ साल मार्गशीर्ष कृष्णपक्ष मंसिर २० गते शनिवार पंचमी तिथि तिष्य नक्षत्र चन्द्रमा कर्कट राशिमा ।
मेष राशि : राम्रो दिन छ सोचेको भन्दा राम्रो सफलता हात पार्नु हुनेछ । आर्थिक लाभको साथै काममा नयाँ अवसर प्राप्तहुन सक्नेछ । विद्यार्थीको लागि पढाइका क्षेत्रहरु राम्रो भएर जानेछन् ।
वृष राशि : आमाको स्वास्थ्यलाइ लिएर समस्या देखा पर्न सक्नेछ । वाहान वा चौपायको सुख वाट वञ्चीत हुनुपर्ने हुन सक्छ । मनमा धेरै कुरा खेल्ने कारणले गर्दा मन विचलन हुनेछ ।
मिथुन राशि : सन्तान सुखको समय छ । प्रेमी वा प्रेमीका सँगको सम्वन्ध राम्रो हुनेछ । आफूले गरिरहेको व्यापार वा व्यवसायमा भने राम्रो आर्थिक लाभ हुन सक्नेछ । यात्राको अवसर पनि मिल्ने देखिएको छ ।
कर्कट राशि : शत्रु वृद्धि हुनका साथै शत्रुका कारण भैरहेको काममा वाधा अर्डचन आउन सक्ने देखिएको छ । स्वास्थ्यको समस्याले केही सताउन सक्नेछ । अनावश्यक यात्रा वा झै झगडा पर्न सक्नेछ सतर्क रहनु होला ।
सिंह राशि : आर्थिक लाभ हुनुका साथै लगानी गर्ने नयाँ अवसरहरु प्राप्तहुन सक्छ । दाजुभाइ सँगको सम्वन्ध राम्रो हुनेछ । विदेश सँग सम्वन्धित कामहरु वन्नेछन् । नयाँ सथिभाइसँग सम्वन्ध गासिनेछ ।
कन्या राशि : कर्म धरै गर्दापनि प्रतिफल थोरै पाउने समय छ । आर्थिक कारोवार नगर्दा राम्रो हुनुका साथै धन डुव्ने सम्भावना पनि छ । घर परिवारको सुख सुविधा पाउने समय छ । दाम्पत्य जीबनमा मधुरता छाउने देखिएको छ।
तुला राशि : गरेको काममा भाग्यले साथ दिनुका साथै थोरै मेहनतमा पनि धेरै लाभ प्राप्त हुन सक्नेछ । नयाँ अवसरको सदुपयोग गर्नुहोला त्यसले तपाइको आर्थिक स्थिति मजबुत भएर जानेछ ।
वृश्चिक राशि : चोटपटक लाग्ने वा स्वास्थ्यमा समस्या देखिन सक्नेछ । अनुहार वा हातखुट्टामा समस्याहरु देखा पर्न सक्नेछ । दाम्पत्य जीवनमा मधुरता छाउने छ । यात्रा नगर्नु होला अन्यथा समस्यामा पर्न सकिन्छ ।
धनु राशि : कामको पाटनर सँग कुनै समस्या थियो भने हटेर जानुका साथै सम्वन्धमा मधुरता छाउने छ । नयाँ व्यक्तिसँगको भेटले मन प्रफुल्ल हुनुका साथै नयाँ अवसर मिल्ने देखिन्छ ।
मकर राशि : शत्रु बढ्नुका साथै स्वास्थ्य समस्या देखा पर्नेछ । पत्निको स्वास्थ्यमा पनि समस्या हुन सक्छ । घर परिवारमा कलहको वातावरण बन्न सक्छ त्यसैले समयमा नै सचेत हुँदा राम्रो हुनेछ ।
कुम्भ राशि : वल वुद्धि र पराक्रम बढेर जानेछ । आफूले गरेको काममा पाएको सफलताले मनमा प्रसन्नता छाउने छ । सन्तान सुख तथा माताको स्वास्थ्यमा भएको समस्या विस्तारै कम भएर जानेछ ।
मीन राशि : धरै राम्रो समय छैन । आर्थिक हानीका साथै दाजुभाइ सँगको सम्वन्धमा समस्या देखापर्न सक्नेछ । बोल्दा विचार गर्नुहोला अन्यथा शत्रु बढ्नेछन् । आफन्त सँगको भेटले मन रमाउने छ ।