२०७७ साल कार्तिक शुक्लपक्ष मंसिर ६ गते शनिवार सप्तमी तिथि श्रवण नक्षत्र चन्द्रमा मकर राशिमा ।
मेष राशि : आफूले गरिरहेको काममा सहकर्मी वा अन्यबाट प्रशंसा प्राप्त हुनेछ । नयाँ काम पाउने वा सुरु गर्ने विचारमा हुनुहुन्छ भने तपाईको लागि सामय राम्रो छ । सन्तान सुखको साथै दाम्पत्य जीवनमा रमाइलो हुनेछ तथा प्रेमी वा प्रेमीकासँगको सम्वन्ध राम्रो भएर जानेछ ।
वृष राशि : नयाँ व्यक्तिसँगको भेटले मन रामाउनेछ । भोजनमा नयाँ परिकारको आनन्द लिन सक्नु हुनेछ । धेरै समयअगाडीदेखि विग्रेको काम सम्पन्न भएर जानेछ साथै पदोन्नतीको सम्भावना देखिन्छ ।
मिथुन राशि : समय तपाइको पक्षमा भएता पनि स्वास्थ्यले भने साथ दिदैन खानपिन तथा पुरानो रोग भए सतर्कहुनुहोला । धन प्राप्तिको समय छ । साथीभाइ इष्टमित्रबाट सहयोग प्राप्त्हुनेछ । घर परिवारको आनन्द प्राप्त हुनेछ ।
कर्कट राशि : सरकारी क्षेत्रवाट लाभ प्राप्त हुनेछ । नयाँ रोजगार प्राप्त हुनेछ । कुटुम्व वा साझेदारीमा गरेको व्यापार व्यवसायवाट भने धेरै लाभ प्राप्तहुने तथा जागीरमा पदोन्नतिको सम्भावना छ । स्वास्थ्यमा सामान्य समस्या होला ।
सिंह राशि : जागिर वा व्यवसायवाट भने राम्रो लाभ मिल्नेछ । टाउको अथवा छातीमा स्वास्थ्य समस्या देखा पर्न सक्नेछ । यात्रा गर्दा विचार गर्नुहोला अन्यथा चाोटपटकको सम्भावना छ । नयाँ वाहन सुख प्राप्त होला ।
कन्या राशि : आर्थिक हानिको साथै व्यवसायिक पाटनर सँग सम्बन्धमा समस्या देखापर्न सक्नेछ । सामान्य रुघाखोकिको कारण स्वास्थ्यमा समस्या देखिन सक्छ । सामान्य कुरामा पनि वादविवाद गर्नुपर्ने दिन छ सतर्क रहनुहोला ।
तुला राशि : सामान्य मेहनतमा पनि राम्रो आर्थिक लाभ गर्न सक्नुहुनेछ । सबैकुरा राम्रो हुँदा हुँदैपनि अचानक घर परिवारमा आउने समस्याले गर्दा मन खिन्नहुने देखिन्छ । आमाको स्वास्थ्यमा पनि समस्या होला ।
वृश्चिक राशि : आर्थिक हानिको साथै व्यवसायमा केही समस्याहरु देखापर्न सक्नेछन् । सन्तान सुखको योग भने राम्रो हुनुका साथै यात्रा वा नयाँ ठाउँमा लगानी गर्ने अवसर प्राप्त हुन सक्नेछ । सन्तान सुख प्राप्त हुने देखिन्छ ।
धनु राशि : भाग्यमानी हुने दिन छ । काम गर्दा मन धेरै चञ्चल नगरि गर्नुहोला तपाईलाई भविष्यमा राम्रो लाभ हुने काममा हात हाल्नुका साथै आर्थिक वृद्धि भएर जानेछ तथा घर परिवारमा रमाइलो वातावरण बन्नेछ।
मकर राशि : आर्थिक वृद्धिभने राम्रो हुनेछ । साथीभाइ सँग रमाइलो भेटघाट हुन सक्नेछ भने साथिभाई वा इष्टमित्रले सापटी लगेको धन फिर्ता हुनेछ । व्यापार वा व्यवसायमा राम्रो प्रगति हुनेछ।
कुम्भ राशि : शत्रुको कारण समस्या भएको काम सम्पन्न भएर जानेछ । तपाईलाई साथ साथ दिने व्यक्तिहरुको बढ्नेछन् । पेटको तल्लो भागमा समस्या देखापर्न सक्नेछ । आर्थिक हानी हुनसक्छ अलिक सोचविचार गर्नुहोला ।
मीन राशि : साझेदारी व्यापार वाट लाभ मिल्नुका साथै कतै अनलाइन वा मार्केटिक जस्तो काम गर्नु हुन्छ भने लाभ प्राप्तहोला । घर परिवारमा मन रमाउनुका साथै स्वास्थ्य ठिक भएर जानेछ ।