२०७७ साल आश्विनशुक्लपक्ष कार्तिक १४ गते शुक्रवार चतुर्दशी तिथी रेवती नक्षत्र चन्द्रमा मीन राशिमा ।
मेष राशि : भाग्यको थोरै मात्र साथ हुने भएकाले काममा ढिलासुस्ति हुने वा भाग्यमा भएका चिजहरु नि प्राप्त नहुने जस्ता योगहरु बनेका छन । अरुको विश्वास गर्नुपूर्व धेरै विचार गर्नुहोला अन्यथा धोका पाउन सकिन्छ ।
वृष राशि : आर्थिक बृद्धी हुनेछ, विभिन्न सभा सम्मेलनहरुमा जाने अवसरहरु प्राप्त हुनेछ । विदेश यात्राको सम्भावना पनि देखिन्छ भने काममा प्रशंशा प्राप्त हुनेछ । रोहिएको धन आउन सक्छ ।
मिथुन राशि : काममा केहि बाधाहरु आई ढिलासुस्ति नहोला भन्न सकिन्न ,यात्रा गर्दा सर्तक हुनु होला, अन्यथा चोटपटकको सम्भावनाहरु रहेका छन । व्यपारमा भने राम्रो भएर जानेछ ।
कर्कट राशि : रिस र क्रोध बृद्धी हुनाले साथिभाइहरुसँग वा अन्य ब्यक्तिहरुसँग झैझ गडा हुने सम्भावनाहरु पनि रहेका छन । जागिरमा पदोन्नतिको सम्भावनाका साथै ठाँउ परिवर्तन हुन सक्छ ।
सिंह राशि : ह तियार हरु चलाउदा सर्तक रहनु होला अन्यथा चोटपटक लाग्ने सम्भावनाहरु रहेका छन । दाम्पत्य जीवन राम्रो हुनुका साथै कतै रमाइलो यात्रा हुन सक्छ । सरकारी क्षेत्रमा लाभ मिल्ने समय छ ।
कन्या राशि : महत्वपुर्ण कामहरु बन्ने भएकाले आफुले अफुलाइ भाग्यमानी महसुस गर्नु हनेछ । त्यस्तै घरपरिवारमा सामान्य तनाव को सिर्जना हुने देखिन्छ । आफन्त वाट धोका मिल्नुका साथै साथीभाइले काममा अवरोध गर्लान् ।
तुला राशि : पिता सँगको सम्बन्धमा सामान्य खटपट होला,नया जागिर प्राप्त हुने समय रहेको छ स्वास्थ सम्बन्धी समस्याले सताउन सक्ने छ । अरु समय सामान्य रहने छ ।
वृश्चिक राशि : व्यपार फस्टाउनुका साथै राम्रो व्यपार हुनेछ । जागिरमा भने अपजसको सामना गर्नु पर्ने हुन सक्छ । नँया काम पाउन सक्ने सम्भावना छ । परिवारिक रमाइलो हुनेछ ।
धनु राशि : लामो यात्राको सम्भावना छ दाम्पत्यजीवनमा सामान्य मनमुटाव हुन सक्छ । आर्थिक हानिको समय छ वोल्दा सतर्क रहनु होला । नयाँ कामको अवसर प्राप्त होला ।
मकर राशि : प्रेमिका सँगको सम्वन्ध समधुर बनेर जानेछ भने नयाँ व्यक्त्ति सँगको भेटले मन रमाउने छ छोटो मोटो यात्राको सम्भावना पनि देखिन्छ । स्वास्थ्यमा सामान्य समस्या आउने छ ।
कुम्भ राशि: रोकिएको धन आउनुका साथै अचल सम्पत्ति किनवेच हुन सक्छ । नयाँ ठाँउमा लगानि गर्ने अवसर प्राप्त होला । अरुले तपाइको कामको प्रशंशा गर्ने छन् भने पादोन्नतिको सम्भावना देखिन्छ ।
मीन राशि : दाम्पत्य जीवनमा सामान्य समस्या देखा पर्ने छ । विश्वास गरेकाले धोका दिनेछन् । नयाँ कामको अवसर प्राप्त होला । आर्थिक हानिको सम्भावना पनि देखिन्छ ।