२०७७ साल आश्विन शुक्लपक्ष कार्तिक ६ गते बिहीवार षष्ठी तिथी मूल नक्षत्र चन्द्रमा धनु राशिमा ।
मेष राशि : प्रेमलाइ विवाहमा परिणत गर्न चाहानुहुन्छ भने राम्रो समय छ अथवा दाम्पत्य जीवनलाइ लिएर कुनै वादविवाद वा समस्या भए कम हुनेछ । गरेको काममा प्रशंसा प्राप्त हुने देखिन्छ ।
वृष राशि : धेरै समय वाट विग्रेको काम वनेर जानेछ तथा काममा प्रशंसा प्राप्तहुने छ साथै नोकरीमा पदोन्नतीको सम्भावना पनि देखिन्छ । नयाँ व्यक्तिसँगको भेटले मन रमाउने छ । स्वादिष्ट भोजनको अवसर मिल्न सक्नेछ ।
मिथुन राशि : समय तपाइको पक्षमा भएता पनि स्वास्थ्यले भने साथ दिँदैन । खानपिन तथा पुरानो रोग भएका व्यक्तिहरु अलिक बढी सतर्क हुनुहोला । धन प्राप्तिको समय पनि छ । साथीभाइ इष्टमित्रवाट सहयोग प्राप्त हुनेछ ।
कर्कट राशि : कुटुम्व वा साजेदारीमा गरेको व्यपार व्यवसायवाट भने धेरै लाभ प्राप्तहुने तथा जागिरमा पदोन्नतिको सम्भावना छ । सरकारी क्षेत्रवाट लाभ प्राप्त हुनेछ । नयाँ रोजगार प्राप्त हुनेछ ।
सिंह राशि : टाउको अथवा छातिमा समस्या देखा पर्न सक्नेछ । यात्रा गर्दा विचार गर्नुहोला अन्यथा चोटपटकको सम्भावना पनि छ । भोलीको दिन जागिर वा व्यवसायवाट भने राम्रो लाभ मिल्नेछ ।
कन्या राशि : सामान्य रुगाखोकिको कारण स्वास्थ्यमा समस्या देखिन सक्छ । आर्थिक हानिको साथै व्यवसायिक पाटनर सँग सम्बन्धमा समस्या देखापर्न सक्नेछ । विवाद गर्नुपर्ने दिन छ सतर्क रहनुहोला ।
तुला राशि : समय राम्रो हुँदा हुँदैपनि अचानक घर परिवारमा आउने समस्याले गर्दा मन खिन्नहुने देखिन्छ । सामान्य मेहनतमा पनि राम्रो आर्थिक लाभ गर्न सक्नुहुनेछ ।
वृश्चिक राशि : आर्थिक हानिको साथै व्यवसायमा केही सामान्य समस्याहरु देखापर्न सक्नेछन् । सन्तान सुखको योग भने राम्रो हुनुका साथै यात्रा वा नँया काममा लगानी गर्ने अवसर प्राप्त हुनेछ ।
धनु राशि : यो राशि हुनेहरुलाई भाग्यले साथ दिनेछ । काम गर्दा मन धेरै चञ्चल हुनेछ । तपाईलाई भविष्यमा राम्रो लाभ हुने काममा हात हाल्नुका साथै आर्थिक वृद्धि भएर जानेछ । तथा घर परिवारमा रमाइलो वातावरण बन्नेछ।
मकर राशि : साथीभाइ सँग रामाइलो भेटघाट हुन सक्नेछ । आर्थिक वृद्धिमा भने रोकावट आउने देखिन्छ ।
कुम्भ राशि : साझेदारी व्यापार वाट लाभ मिल्नुका साथै अनलाइन वा मार्केटिक जस्तो काम गर्नु हुन्छ भने मनग्गे लाभ प्राप्तहोला । घर परिवारमा मन रमाउनुका साथै स्वास्थ्य ठिक भएर जानेछ ।
मीन राशि : शत्रुको कारण समस्या भएको काम सम्पन्न हुनेछ । साथ दिने व्यक्तिहरुको वृद्धि हुनेछ । पेटमा सामान्य समस्या देखापर्न सक्नेछ । आर्थिक हानि हुन सक्छ संम्यमता अपनाउनु होला ।
यो राशिफल ज्योतिष जीवन पौडेलले तयार पार्नुभएको हो ।